ホーム > 日本語 > ネパール語保護者

更新日:2026年7月10日

ここから本文です。

आदरणीय अभिभावकज्यूहरू,

तपाईंका बालबालिकालाई लक्षित प्रश्नावली सर्वेक्षणमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

यस सर्वेक्षणको उद्देश्य बालबालिकाका बहुमूल्य विचार तथा सुझावहरूलाई सुरक्षित र उपयुक्त तरिकाले संकलन गर्नु हो। त्यसैले यो सर्वेक्षण अभिभावकज्यूहरूको पूर्व सहमतिलाई आधार मानेर सञ्चालन गरिनेछ।

कृपया तल उल्लिखित विवरणहरू ध्यानपूर्वक पढी बुझी यदि तपाईं यसमा सहमत हुनुहुन्छ भने, यस सर्वेक्षणमा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

 

1.प्रश्नावली सर्वेक्षणको उद्देश्य

यो प्रश्नावली सर्वेक्षणको उद्देश्य बहुसांस्कृतिक तथा बहुभाषिक पृष्ठभूमिका बालबालिकाहरूको जापानी भाषा अध्ययन तथा त्यससँग सम्बन्धित, वास्तविक जीवनशैलीको अवस्था र सोच-विचारबारे जानकारी संकलन गर्नु तथा त्यसलाई जापानी भाषा कक्षाका सहयोगीहरूका लागि सञ्चालन गरिने तालिममा उपयोग गर्नु हो।

*यो सर्वेक्षण नाफामूलक उद्देश्यका लागि गरिएको होइन।

 

2.प्रश्नावली सर्वेक्षणको संक्षिप्त विवरण
  1. लक्षित समूह: प्राथमिक विद्यालयको कक्षा 5 देखि माध्यमिक विद्यालयको कक्षा 3 सम्म अध्ययनरत 10 देखि 15 वर्ष उमेरका बालबालिका
  1. सर्वेक्षण विधि: इन्टरनेटमार्फत (वेब फारम) प्रयोग गरी प्रश्नावली सर्वेक्षण
  2. उत्तर दिन लाग्ने समय: लगभग 20–30 मिनेट
  3. सर्वेक्षण अवधि: सन् 2026 जुलाई 13 गतेदेखि सन् 2026 सेप्टेम्बर 30 गतेसम्म (अनुमानित)

प्रश्नावलीमा मुख्य रूपमा विकल्प छनोट गर्ने प्रकारका छन्। प्रश्नावलीको वेब फारम यहा उपलब्ध छ। सामग्री हेरी पुष्टि गर्नुहोस्।

   URL:https://forms.gle/tb2s6b13wcWomTrr7

3.सहभागिता ऐच्छिक हो।

यस प्रश्नावली सर्वेक्षणमा सहभागिता गर्नु वा नगर्नु अभिभावक तथा बालबालिका स्वयंको स्वतन्त्र इच्छामा निर्भर गर्दछ।

  1. यदि तपाईं सहमत हुनुहुन्न भने पनि कुनै प्रकारको हानि वा असुविधा हुने छैन।
  2. उत्तर दिइरहेको क्रममा पनि जुनसुकै बेला सर्वेक्षण रोक्न सकिन्छ।

यदि बालबालिकाले "म उत्तर दिन चाहन्नँ" वा "म अब रोक्न चाहन्छु" भन्ने महसुस गरेमा, कृपया उनीहरूको इच्छाको सम्मान गर्दै जबरजस्ती उत्तर दिन नलगाउनुहोस् ।

 

4अभिभावकको सहमतिसम्बन्धी को बारेमा

यो प्रश्नावली सर्वेक्षण अभिभावकले यस विवरणपत्रको सामग्री पढी बुझेर सहमति जनाएपछि मात्र सञ्चालन गरिनेछ।

प्रश्नावलीको वेब फारममा सुरुमा बालबालिकासँग "के तपाईंका अभिभावकले यो विवरण पृष्ठ हेरी सहमति दिनुभएको छ?" भन्ने प्रश्न सोधिनेछ।

यदि अभिभावकको सहमति प्राप्त भएको छैन भने, "होइन" विकल्प छनोट गरेपछि सर्वेक्षण त्यहीँ समाप्त हुनेछ।

कृपया प्रश्नावली फारम को सामग्री हेरी जाँच गर्नुहोस्। कुनै समस्या छैन भन्ने लागेमा मात्र आफ्नो बालबालिकालाई सर्वेक्षणमा सहभागी हुन अनुमति दिनुहुन अनुरोध गर्दछौं।

तथापि, बालबालिकाले दिएको उत्तर अभिभावकले अनिवार्य रूपमा जाँच गर्नुपर्ने आवश्यकता छैन। प्रारम्भिक सहमति प्रक्रिया पूरा भएपछि, बालबालिकाले स्वतन्त्र रूपमा उत्तर दिन सकून् भन्ने वातावरण मिलाइदिनुहुन अनुरोध गर्दछौं।एक्लै सजिलै उत्तर दिन सकून् भन्ने उद्देश्यले प्रश्नावली फारम सरल जापानी भाषा तथा विभिन्न भाषाहरूमा तयार गरिएको छ।

 

5व्यक्तिगत जानकारीको व्यवस्थापन को बारेमा
  1. प्रश्नावलीमा नाम, ठेगाना, विद्यालयको नाम आदि व्यक्तिलाई पहिचान गर्न सकिने जानकारीहरू संकलन गरिने छैन।
  2. प्राप्त उत्तरहरूको गोप्य अनामिक रूपमा संकलन तथा विश्लेषण गरिनेछ।
  3. संकलित जानकारीहरू यस सर्वेक्षणको उद्देश्य बाहेक अन्य कुनै प्रयोजनका लागि प्रयोग गरिने छैन।
  4. यस सर्वेक्षणबाट प्राप्त उत्तरहरूको अझ प्रभावकारी विश्लेषण गर्नका लागि, सम्बन्धित विषयका विशेषज्ञ ज्ञान भएका अनुसन्धानकर्ताहरूको सहयोगमा विश्लेषण गरिन सक्नेछ। त्यस अवस्थामा पनि उत्तरहरूलाई व्यक्तिगत पहिचान खुल्न नसक्ने रूपमा साझा गरिनेछ।विश्लेषणका नतिजाहरू अनुसन्धान प्रस्तुति, वा तालिमका सामग्रीहरूमा प्रयोग हुन सक्नेछन्, तर कुनै पनि अवस्थामा व्यक्तिको पहिचान खुल्ने छैन।

 

6सर्वेक्षण नतिजाको उपयोग सम्बन्धी को बारेमा

सर्वेक्षणबाट प्राप्त नतिजाहरूलाई सांख्यिकीय रूपमा प्रशोधन विश्लेषण गरिएको स्वरूपमा

  1. प्रतिवेदन रिपोर्ट
  2. कार्यक्रम तथा परियोजना सम्बन्धी अध्ययन,योजना सामग्री
  3. वेबसाइट आदि मार्फत सारांश सार्वजनिक गर्ने कार्य

आदि प्रयोजनका लागि प्रयोग गर्न सकिने छ, कुनै पनि व्यक्तिगत जानकारी खुलासा गरिने छैन।

 

7 सम्पर्क जानकारी

यस प्रश्नावली सर्वेक्षण सम्बन्धी कुनै जिज्ञासा वा प्रश्न भएमा कृपया तलको सम्पर्कमा सम्पर्क गर्नुहोस्।

  1. कार्यान्वयन संस्था:(सार्वजनिक हित संस्था)ह्योगो अन्तर्राष्ट्रिय आदानप्रदान संघ
  2. सम्पर्क व्यक्ति:  शिनोहारा / नाकागावा
  3. टेलिफोन नम्बर: 078-230-3261
  4. इमेल ठेगाना: hiataisei@net.hyogo-ip.or.jp

 

अभिभावकज्यूहरूलाई (अनुरोध)

यो सर्वेक्षण बालबालिकाहरूको आवाजलाई भविष्यमा अझ राम्रो कार्यक्रम तथा सहयोगात्मक गतिविधिहरू विकास गर्न उपयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कृपया आफ्नो घरमा परिवार संग उल्लेखित विवरणहरू ध्यानपूर्वक पढी बुझेर आवश्यक निर्णय लिनुहोस्। हामी तपाईंको समझदारी र सहयोगको लागि अनुरोध गर्दछौं।

 

お問い合わせ

公益財団法人兵庫県国際交流協会 事業推進部 多文化共生課

〒651-0073 神戸市中央区脇浜海岸通1丁目5番1号 国際健康開発センター2F

電話番号:078-230-3261

ファクス:078-230-3280

 

スマートフォン版を表示する